लोला र पिच्कारीको आनन्दमा
चुर्लुम्म डुबेर हराइरहेका
ए प्यारा प्यारा बाबुहरु,
ए साना साना नानीहरु,
आओ, मेरो छेउमा आओ ।
तिम्रा कलिला निधारमा
सद्भावको अबीर दलेर
हदय न्यानो फिँजार्दै
शुभाशीष दिन्छु तिमीलाई ।
प्रल्हादले झै लगातार
विश्वासको पहाड चढिरहनू,
आस्थाको दीयो बालेर
जीवन पथमा बढिरहनू ।
सिर्जनाको बेला छ
कदापि नडग्मगाउनू,
क्षितीजको अन्धकारमाझ
भाष्कर भै जग्मगाउनू ।
तिम्रो प्रल्हाद–तपस्याको
निरन्तर अग्नि–कुण्डमा
होलिकाहरु नासिँदै जाऊन्,
तिम्रो अबोध बालापनको
स्फटिक– तलाउ मुन्तिर
हिरण्यकश्यप भासिँदै जाऊन्,
अटुट प्रल्हाद भक्तिमा
नतमस्तक असुरहरु
एक एक गर्दै मासिँदै जाऊन् ।
Liked by: