कोही छ
मलाई बदनाम गराउने ।।
म त बदनामको
उपनाममा
बदनाम हुन् चाहन्छु ।।
कोही छ मलाई निर्दोष,
घोषित गर्ने ।।
म त निर्दोषको
उपनाममा दोषी
हुन् चाहन्छु/बन्नु चाहन्छु ।।
चलायमान् चलोस्
न म माथि
किंवदन्ती किंकर्तव्यविमूढ
घोषित अघोषित
नाम बदनाम
दोष निर्दोष
क्षत विक्षत हमलाहरू
मुद्दा बन्नेर
उड्डयन चल्नुपर्छ
फनफनी फड्को मार्नु पर्छ
यि मुद्दाहरू ।।
एक राग
एक आलाप
स्वच्छन्दतावादी फरक गगनमा ।।
लाखेस्
म पनि हेर्छु तमाशा
तम्तयार सहित
फुइँ मझ्धार
मझौला अल्झिएर ।।
बस् लाखेस्
लाखेस्
एक होड
एक जोड ।।
एक हाड
एक जिउ ।।
इखालु समयको पक्षधरमा ।।
बस् लाखेस्
लाखेस्
इखालु समयको पक्षधरमा ।।
किंवदन्ती
किंकर्तव्यविमूढ
म ।।
इखालु समयको पक्षधरमा ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: