छन्द : अनुष्टुप्
नेपालमा जन्मिए म हुर्किएर पढे पनि
वीर पुर्खा हुने देश मेरो प्रकृतिले धनी
(१)
हाम्रो सगरमाथा नै सर्वोच्च हिमशैल हो
भृकुटी बुद्ध सीताको नेपाल जन्मभूमि हो
(२)
काम मामहरू खोज्दै म पुगे इजरायल
सुशाशित छ यो देश प्रगति ठान्छ यो वल
(३)
सुरक्षित छ यो ठाउँ नारीको निम्ति उज्जवल
मान्दछन् महिलालाई सहकार्य छन् निर्मल
(४)
नारी प्रधान हो देश नारीको हुन्छ इज्जत
गर्छन् ध्यान दिई काम सोचेर देशको हित
(५)
मातृभूमि सबै मान्छन् शत्रुलाई लखेट्दछन्
भलो स्वदेशको गर्न जनता सब जुटतछन्
(६)
इज्रायल यो बाँच्न सदैव यत्न गर्दछ
सानो सुरम्य यो देश पृथ्वीमा कृति छर्दछ
(७)
एकताको दिई नारा भावनाभित्र भर्दछ
प्रज्ञा र प्रविधिबाट प्रगति देश पुष्पित पार्दछ
(८)
भेदभाव यहाँ छैन नारी पुरुष वर्गमा
हातेमालो गरि लाग्छन् सबै स्वणिम सर्गमा
(९)
मरभूमि थियो ठाउँ ऐले छ हराभरा
जनताले बनाए यो चलाई हात पाखुरा
(१०)
रोगी र वृद्ध र बृद्दाको सेवा हुन्छ सधैभरि
दिइन्छ सुविधा राम्रो सकेसम्म सबैथरी
(११)
कृषिमा दक्षता राख्छ प्रविधिमा प्रसिद्ध छ
नागरिक सबैलाई समान अधिकार छ
(१२)
देश गरिवको माया गर्नु उचित ठान्दछ
दिएर सुविधा सक्दो सन्तुष्ट पार्न जान्दछ
(१३)
शक्ति शैनिक हुन् यसका इजरायल रक्षक
बेइमानी यहाँ छैनन् देखिन्न घुस भक्षक
(१४)
योमकिपुर पेशाख सुकोत खानुकाहरू
रोशोसना पुरिम् आदि चाड मान्छन् यिनीहरु
(१५)
गोलान् हाइट खार्मोंन जेरुसेलम सुन्दर
तिबेरिया घुमेँ हेरेँ विख्यात मृत सागर
(१६)
वेष्टन वाल कोटेल तथा गालील सागर
बेथलेहेम् नदी यर्दन् इलाद हुन् मनोहर
(१७)
-----------
- भगवती बस्नेत
Liked by: