Jagat Ma Nawa Manabvo Are | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / 'हाम्रो कविता'

नवमानव




   ज्यो. प. चेतनारायण लामिछाने - Mar 20 2020

जगतमा नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे
छ त कुनै उस-मा-नवता कतै भन सखे ! मन-मा-नवता भए

पर छ जो उस-मा- नवता, समा भर छ केवल ऊ रति-तासमा
अनि छ लत् उसको मधु-मांसमा तर नि भन्छ सधैँ छ विवेक् ममा

न छ दया अनि सत्य, पवित्रता नियम, ज्ञान र ध्यान, सुमित्रता
छ त कतै नव चिन्तन वेदको सकल लोक छ व्यापक भेदको

न छ कुनै उसमा-नव संस्कृति न छ कुनै उसमा नव आकृति
तर नि ऊ नव-मानव भो अरे फगत-मा-नव-मानव जो छ रे

भन न मानव - मा-नवता गयो अब त मा-नव दानव पो भयो
र पनि भन्छ म मानव हो अरे जगतमा नव-मानव भो अरे


छन्द – द्रुतविलम्बित

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.