न कुनै भिरमा छु,न कुनै पिरमा छु।
मनै मन जलिरहने यो कस्तो जन्जिरमा छु ।।
रात पछि सुन्दर बिहान ,मै मलामी मेरै चिहान
घाइते मुटुमा तिखा भाला ,ताजै छ हेर अझै निशान
सारङ्गि झै रेटिरहने ,यो कस्तो तकदिरमा छु
जहाँ पुज्ने देउतै भेट्टिन्नन ,यो कस्तो मन्दिरमा छु ।
मनै मन जलिरहने यो कस्तो जन्जिरमा छु।।
निश्ठुरीको यादै मेट्न ,सातै समुन्द्र काट्दा पनि
उनकै मात्र सम्झना छ ,कोमल ह्दय साट्दा पनि
व्यथै लाग्यो साथ तिम्रो ,दोबाटोमा छाडेपछि
व्यथै लाग्यो जिन्दगानी ,आफै सङ्ग हारेपछि
कुनै मोडमा याद आए , म पनि त तस्बिरमा छु
मनै मन जलिरहने यो कस्तो जन्जिरमा छु
न कुनै भिरमा छु , न कुनै पिरमा छु ।
जहाँ पुज्ने देउतै भेट्टिन्नन ,यो कस्तो मन्दिरमा छु।।
Liked by: