जन्मदिनु भयो आमाले,कर्म दिनुभयो बाबा हजुरले
हलो,जुवा,कोदालो खन्दै खुशी दिनुभयो बाबा हजुरले
बाझो सुख्खा बारीलाइ आफ्नो पसिनाले गलाएर
मेरो भागमा खुसी दिदै आशु पिउनु भयो बाबा हजुरले
मेरो पेट भर्नको निमित्त मानो रोपेर मुरी फलाउनु हुन्छ
मेरो पेट भर्न दस नङ्रग्रा खियाउनु भयो बाबा हजुरले
मेरो खुसीमै आफ्नो दु:ख लुकाउनु हुन्छ किन सधै?
मलाइ फुल बनाइ काडाको जीवन जिउनु भयो बाबा हजुरले
घाम,पानी,भोक,प्यास केही नभनी सधै दुख गर्नु हुन्छ
आफू तापमा सेकिएर मलाइ ओत दिनुभयो बाबा हजुरले
पुरै घरको जिम्मेवारी एक्लै काधमा बोकेर हिड्नु हुन्छ
आफू भरिया भइ मलाइ शहरिया बनाउनु भयो बाबा हजुरले।
Liked by: