म रुदा रुदै आशु सकिएको बेला,
सक्छौ भने तिमी पधेरी बनेर आउनु।
मेरा खुशीहरु फूल्नै लाग्दा,
सक्छौ भने तिमी खडेरी बनेर आउनु ।
बाबा आमाको भरोसा तोडेर आए पनि..!!
सुख.. सुविधा सबै छोडेर आए पनि ..!!
मेरो आँगनिमा दियो बलेको बेला,
सक्छौ भने तिमी हुरी बनेर आउनु ।
लैजानु मेरा भागका खुसी मिल्छ भने....,
तिमी हास्नु.. आफ्नो जीवन फुलाउनु...,
मेरो आकाशमा जुन टल्पलाएको बेला ,
सक्छौ भने तिमी बादल बनेर आउनु।
बिश्वास गर्नु भुल भए पनि...,
आफ्नो ठान्नु भुल भए पनि...,
मेरा बगैचाहरुमा सपना फूल्न लाग्दा,
सक्छौ भने तिमी बेचैनी बनेर आउनु।
म रुदा रुदै आशु सकिएको बेला,
सक्छौ भने तिमी पधेरी बनेर आउनु।
तिमी हास्नु रमाउनु आफ्नो संसार बनाउनु,
तर मेरा पोल्टाभरी खुसी का रंग फक्रिन लाग्दा,
सक्छौ भने तिमी उजाड मरुभुमी बनेर आउनु।
आउनु तिमी जरुर आउनु...
हिम्मत छ यि मुटुका कोष कोषमा म हारेकी छैन
तिमी आउनु जरुर आउनु
मेरा आटिला शाहस हेर्न आउनु!
आशुको तलाउमा फुल्दै गरेको मिठो खुसी हेर्न आउनु।
मेरा पाइलाहरु पर क्षितिजको उज्यालोलाई पछ्याउदै लम्किएका बेला,
सक्छौ भने तिमी अंधेरी बनेर आउनु।
तर आउनु ..तिमी ..जरुर आउनु।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: