Jiuda Dhunga | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

जिउँदा ढुङ्गा




   उद्धव देवकोटा - Jan 14 2020

पदको मदमा लठ्ठीएकाहरु
घुम्ने मेचमाथी
अजङ्गको काया अड्याएर
जब सम्म निदाईरहन्छन्
कुम्भकर्णको निद्रा

सुण्ड,मुण्डका झुण्डहरु
आधुनिक संजयझैँ
सुनाईरहन्छन् कृत्रिम विरताको महाभारत
तबसम्म ऊ
समय अधेरीएको देख्दैन
खाडल गहिरिएको भेट्दैन ....१

एक तमास जब वरपर
भजन मण्डलीहरु
गुणगानको गीता भजिरहन्छन्
तब सम्म ऊ
आफुलाई देवलको देवभन्दा बृहत
दर्शनको अथाह सिन्धुझैं
अनन्त ब्रह्माण्डको केन्द्र
ग्यालेक्टिक सेन्टरझैं देख्दछन्
तर देख्दैनन्
बिषमताका ब्ल्याकहोलहरु
तर जहिल्यै मग्न हुन्छन्
आत्मरतिको आनन्दमा....२

लुई चौधौं को खोलमा
आफूलाई नै विश्व ठान्नेहरु
हातका रेखाहरु काटेर
वोनापार्ट बन्न उद्दत छन्
देश जलीरहँदा पनि
निरो झै बाँसुरीको धुनमा मस्त छन्
ढुङ्गा झैं मन भएका मान्छे र
मान्छे झैं आवरण भएका ढुङ्गाहरु....३

-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.