जो डर्छ ऊ मर्छ
ऊसैको हु म काल
समयले मलाई शैतान बनायो
समयलेनै मलाई भग्वान बनायो
यहि डरलेनै स्वर्ग र नरक वनायो।
स्वर्गमा इन्द्र भन्छन
नरकमा यमराज
मसानघाटमा मसान भन्छन
मन्दिरमा देउता
ठाउ-ठाउ फरक मेरो नाम
सत्य-सत्य म हु शैतान
समए अघि म छु
मेरो पछि समए
न रुक्छु कसैको लागि
न ढुक्छ कसैको लागि
भाग्नेलाई भगाउछु,दौड्नेलाई दौडाउछु
कतिलाई थकाउछु,उसैको हातबाट म उसैलाई सुली चढाउछु।।
धेरैले मलाई गलत भने
#ओसो"ले मृत्यु छैन भन्यो
तर आफै मृत्युको शिकार बन्यो
मान्छेको डरामा छु म; डर मेरो व्यापार हो
म आउछु
पर्ख तिमीलाई लियर जान्छु
सदासदाको लागि
मेरो दुनिया शैतान वश्ति।।
जति खान्छु भोको हुन्छु
कसैको जन्म उत्सवमा म रुन्छु
उसैको वरिपरी हुन्छू
उसैलाइ कुर्छु
उ रमाउछ ऊसको जन्मदिनमा;
म उसको अन्तिम दिन तोक्छु
उसको मनमा डर जगाउछु
उसैवाट उसकै हत्या गराउछु।।
न म उसलाइ खान्छु,
न उसलाई साथ लान्छु
उ मर्छ खै कहाॅ जान्छ
स्वर्ग देख्नै मानिस छैन न त नरक देख्ने;
अघि सम्म नरक जाने डरले काप्ने राम
अहिले कहा खै फुत्त भाग्यो
न स्वर्ग देख्यो न नरक सारा दुनिया बिर्सियो।।
म काल हु,म मृत्यु हु
म भग्वान हु,म शैतान हु
तिमी भाग्छौ म तिम्रो नजिक हुन्छु
तिमी भाग्दैनौ म तिमी सगै हुन्छु
तिमी भाग्छौ र थाक्छौ पनी
जव भाग्दैनौ त थाक्दैनौ
म सधै एउटै दुरिमा छु
म तिम्रो छाया हु
हर क्षण तलाई पछ्याई रहन्छु।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: