म रिसाएँ,
तिमी पनि रिसायौ,
अब फकाउछ कसले ?
मै चुप,
तिमी चुप,
मौनता हटाउछ कसले ?
आज तछारियो,
भोली घाउ बड्ला,
मलम लगाउछ कसले ?
घमण्ड छ,
अली कती तिमीमा,
आफुलाई हराउछ कसले ?
न झुक्ने जिद मेरो,
तिमी पनि कँहा कम,
महानता देखाउछ कसले ?
दुरी बडे,
साथ छुटे,
पछुताउछ कसले ?
पछुतो छ,
सायद तिमीलाई पनि,
पहिला हात बडाउछ कसले ?
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: