मजेत्रो र सिरानी रुझेका कथा छन्
कसैले नदेख्ने लुकेका कथा छन्
सबैको नजरमा गिराउन मलाई
गरी जालसाजी रचेका कथा छन्
सबैको सदिच्छा कहाँ हुन्छ र पूरा
हृदयामा रहर भासिएका कथा छन्
नजरमा छ राम्रो सबै देख्नलाई
रुँदै भोकभोकै बसेका कथा छन्
डुबेको म होइन कुनै भावनामा
जे भोगेँ त्यसैमा बनेका कथा छन् ।
Liked by: