जिन्दगीको पना हरुमा, लेखिन्छ धेरै कथा,
खुसी र दुःखले भरिएका, अनगिन्ती व्यथा।
कहिले उज्यालो छ, कहिले अन्धकार,
खुसीको शितल छ, कहिले पीरको भार।
हरपल बदलिन्छ जिन्दगीको पाना,
कहिले रमाइलो, कहिले दर्दको छाना।
जुनसुकै होस् यो क्षण, यो पल, यो समय,
जीवनको यात्रा हो, जसको कुनै छैन नाप-नक्सा।
खुसीको सागरमा, तर दुःखको पनि छ किनारा,
हर पानामा लेखिन्छ जिन्दगीको यस्तो अनुभूति सारा।
सिक्छौँ हरेक मोडमा, यो जिन्दगीको कथा,
जिन्दगीको पना हरुमा, हामी सबै एक पात्र।
Liked by: