बिहान मन्दिर को घण्टी संगै बिउझिन्छ
काठमाण्डौं
अगरबत्ती र दीयो को सुगन्ध संगै
मगमगाआउछ
काठमाण्डौं
मान्छेको चहलपहल
गाडी को ध्वनी संगै
दिन भरी दौडिरहन्छ
काठमाण्डौं
दिन ढल्दैजान्छ
सांझको आगमन संगै
केही क्षण मौन रहन्छ
काठमाण्डौं
बिस्तारै रात बढ्दै जान्छ
दोहोरी साँझ र डान्सवार को
रमाइलो संगै रमाउन थाल्छ
काठमाण्डौं
रात गहिरो हुदै जान्छ
रत्नपार्क बागबजार ठमेलको
संगीत मा ताल मिलाउँदै हुन्छ
काठमाण्डौं
जो कोही हाँसेका हुन्छन्
उनीहरू संग हासेको छ
काठमाण्डौं
जो अभावमा रोएका छन
उनीहरू संग रोएको छ
काठमाण्डौं
काठमाण्डौं
कसैलाई केही दिन सक्ने
सम्भावना छैन
सबै काठमाण्डौंको आशामा
केहि न केहि कुरिरहेका छन
राजनीति खिचातानी मा बिवस छ
काठमाण्डौं
कहिले राष्ट्रपतिको यात्रामा
कहिले प्रधानमन्त्री, मन्त्री को दबावमा
कहिले नगर,महानगरको खिचातानी मा
तानिएको छ
काठमाण्डौं
केही गर्नु पर्छ भन्दैछ
काठमाण्डौं
अनि त
पशुपति नाथ को
आशिर्वादमा केही गर्ने
प्रतिक्षामा छ
काठमाण्डौं।
Liked by: