तिमि सँगै हुँदा यात्रा कति छिटो सकिन्छ ,
पत्तै नपाई यो बाटो कति छिटो सकिन्छ ।।
बुर्कुसी मारेर यो मन भित्र तिमी दौडिदा
समय अनि यो पल कति छिटो सकिन्छ ।।
जिउने रहर सबैलाई छ अजम्बरी कोइ छैनन्
भोलि भन्दै यो आयु कति छिटो सकिन्छ ।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: