तिम्रो राम्रा को लागि म राम्रो हुन लाई के नै राम्रो छ र?
ऊ हेर,
त्यहाँ, यहाँ, जहाँ-त्यही,
कुरा त के को गरिसक्नु?
खराब त शब्द खराब रहेछ,
मान्छेहरू को नै सद्य छ र?
कुरा,
सबै त्यही हो,
मानिस सबै त्यही हुन्,
दिन लाई केही नहोला,
बोल्न लाई बोली नफुटला,
लेख्न लाई शब्द कम पर्लान्,
बस्
के नै छ र?
हराएको कोही हैन,
न तिमी,
न म,
न त उ नै,
हराएको त केबल मानवता रहेछ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: