पाप्रो उक्की रहेको छ
घाउ बल्झी रहेको छ
मल्हम लगाउन खोज्दा
उल्टै नुनचुक दलिई रहेको छ
वास्तवमै त्यही घाउ बल्झाउन त
त्यो आलो पाप्राे उक्की रहेको छ।
द्वन्द्व बढी रहेको छ
हिंसा दोहोरिइ रहेको छ
नियम कानुन बनाउन खोज्दा
उल्टै नियमक पृष्ठभूमि पतन भइरहेको छ
पाप्रो उक्की रहेको छ
घाउ बल्झी रहेको छ
वास्तवमै त्यही घाउ बल्झाउन त
त्यो आलो पाप्रो उक्की रहेको छ।।
स्वार्थको व्यापार चलि रहेको छ
स्वार्थ पूरा गर्न साराको बलि चढाइ रहेको छ
एउटा गल्ती ढाकछोप गर्न खोज्दा
उल्टै सयौं गल्ती दोहोर्याइ रहेको छ
पाप्रो उक्की रहेको छ
घाउ बल्झी रहेको छ
वास्तवमै त्यही घाउ बल्झाउन त
त्यो आलो पाप्रो उक्की रहेको छ।।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: