मानवले नै बनाको
मानवले नै बस्ने
मानवले नै हैसियत बुझ्ने
त्यो हु म कुर्ची
मेरा चार खुट्टा छन्
तिम्रा दुई खुट्टा छन्
तिमी संसार भर घुम्न सक्छौ
म यथावत नै हुन्छु
म त कुर्ची हु नी
कति दुख्ख गर्छौ ए मानव
मलाई पाउनलाइ कति संघर्ष गर्छौ
कति जाल झेल गर्छौ
कतिको ज्यान समेत लिन्छौं
म त कुर्ची हु नी
कति माया छ है तिमी र ममा
तिमी मलाई छाड्नै खोज्दैनौं
म तिम्लाई छाड्न त खोज्थे
तर
तिमी मलाई उधुमै माया गर्छौ
म त कुर्ची हु नी
ए मानव म तिमीलाई प्रश्न गर्छु?
तिमि मलाई किन छोड्न सक्दैनौं
म त निर्जीव हु नी?
सुन कुर्ची म तिम्रो माया पागल भा छु
किनकी
तिम्ले मेरो मान मर्यादा राखेको छौ
मेरो पदस्थ राखेकोछौ
मलाई जिम्वेवारी सुम्पेको छौ
कसरी तिम्लाई धोका दिन सक्छु
हो तेसैले तिमीमा गाढा प्रेम छ ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: