अस्पतालमा एउटा् जिउसो शरीर
लास बनेर घाट जाने
तयारी गरिरहेको छ
अस्ति सम्म स्वस्थ त्यो शरीर
मानेन रोगको डर
लगाएन माक्स
हिड्यो लापरबाही संग
मानेन कानुन
भेट्यो आफ्न्त सबैलाई
फिजायो कोरोना हल्ला
मात्रै हो भन्ने हल्ला
हिजो ज्वरो आयो
सास फेर्न गाह्रो भयो
आत्तिएर
अस्पताल गयो
कोरोना पुष्ठि भयो
बेड पाएन अक्सिजन पाएन
अस्पताल बाहिर
लासको लाइन देख्यो
आफन्तको रुवाबासी सुन्यो
बरन्डामा छट्पटीयो
गर्यो
गल्तिको महसुस
तर समय ढिला भयो
पाएन उपचार
अनि तय गर्यो
लाइनमा
बसेर चित्ता सम्मको यात्रा
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: