लुछे सिनो झै यस मातृभूमि
पिए निचोरी सब मातृभूमि
हजार राजा कति धान्नु पर्ने
सेवा उनैको गरि बस्नुपर्ने ।।
बन्यो अचेतै गणतन्त्र आज
विकास जाग्यो घनतन्त्र आज
कुर्सी विनाको सुख चैन छैन
नेता तिमीमा मति छैन छैन ।।
शहीदले ती सपनाहरुमा
हान्यौ नि लातै पद लालचै मा
हिमाल झै यो शिर उच्च हाम्रो
ढाल्यो तिमीले गरि लात चाम्रो ।।
यो देशको आँसु बगि रहेछ
तिम्रा भने दैलत नै रहेछ
विदेशका पो भरिया रहेछौ
स्वदेश घाती लठुवा रहेछौ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: