लेख्छु म मेरो कविता !
आफ्नै शब्द र भाव मा !!
रोक्दैन म मेरो कलम !
कसैको कटाक्ष र दबाबमा!!
यदि मेरो कविताले
कसैको दु:ख्छ मुटु
पोल्छ या घोच्छ घावमा
तब यति बुझ्नुस त्यो
हुन्छ सधैं आफ्नै खुशी
र स्वार्थ को दाव मा
फरक पर्दैन मलाइ
अरुले जे सुकै भनोस
म रहन्छु सधैं
आफ्नै मन को भाव मा
तैरिनु छ मलाइ मेरो
पसिना को नदिमा
जिउनु छ मलाइ मेरो
मिहिनेत को नावमा
उब्भिनु छ मलाइ मेरो
आफ्नै पाव मा
किन बाँच्नु पर्यो भन्या
कसैको धम्की र दबाबमा
लेख्छु म मेरो कविता
आफ्नै शव्द र भावमा
रोक्दैन म मेरो कलम
कसैको कटाक्ष र दबाबमा
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: