हरेक को हर एक संग आशा सक्कियोस
म चाहन्छु अब यो तमासा सक्कियोस्
के नै चाहिन्छ र नयन बोल्दा...प्रेयशी ?
सक्कियोस् इसारा अनि भाषा सक्कियोस्
कति भयानक छ बोधत्व को प्रश्न चिन्ह
अब त्यो ऐना फुटोस्,निरासा सक्कियोस्
उठेर आकास शुन्य हेर्नुको नियति भन्दा
कसैको भर सक्कियोस्,दिलासा सक्कियोस्
लेखकः सरोज सेतू
सुनसरी घर तर हाल यूएर्इ
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।
Liked by: