म स्वाभिमानी
म स्वाभिमानी नेपाली हुँ।
छक्क पर्छु।
आँफैलाई हेरेर
अनि
मेरो देश,
मेरो बजार,
मेरो सरकार,
मेरो कृषि,
मेरो लगानी,
मेरो पसिना,
मेरो पीडा
मेरो सरकार
मेरो अवस्था
मेरो आँसु
मेरो बेथा
मेरो कथा
सुन्नुहुन्छ ...?
भो पुरै कहाली लाग्दो
बुझ्न चाहेर पनि
बुझ्नै नसकिने छ।
माफ गर्नुहोला
नसोच्नु होला कुरा लुकायो।
किनकि
म पनि स्वाभिमानी नेपाली हुँ।
सहन्छु ..
हरेक पीडा हरु
दमन हरु
भोक
तिर्खा
अभाव
बेरोजगार हुनुको
बेफाइदाहरु
बेरोजगारीका पिडाहरु
हूने खानेका घृणा हरु
आदि आदि कुरा हरु।
किनकि
म स्वाभिमानी नेपाली हुँ।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: