बुझेको छु मैले
भोगेको छु मैले
म सुनाउँछु नी
हाम्रो विगतमा झुकेर
संघर्षको कथा
के हो भनेर
कोदालोको बिड समातेर ठेला उठेपछि न
दिन टार्ने गरिन्थ्यो
पसिना ले निथ्रुक्क भिजेपछि न
भोक टार्ने गरिन्थ्यो
सुख्खा रोटी र गुन्द्रुकको अचार चुसेर
पिज्जा र बर्गर को स्वाद लिदा
तब न स्वर्ग बयान गरिन्थ्यो
घाम पानीमा डढेर र लडेर
न जले र न उठे भोलिका दिन देखिँदैन थिए
सूर्य सँगै उठेर जोस को कम्मर कसेर
म सुनाउँछु नी
संघर्षको कथा
के हो भनेर
गैरी खेतमा गोरु नार्दै
छेउ भित्ता र आली काट्दै
बिताएका पल हरुन छन् यादमा
डालीमा फूल उठेका मकै भाटास
र भैंसीको मोही न छन् साथमा
खै कुन दुःखका कुरा गरौं
आराम गर्न सिमल मुनि छहारीमा बसेको
काहानी न छन् साथमा
तिमी सोध्दै जानु भनेका कथा सुनेर
म सुनाउँछु नी
भिर पाखामा डुलेर
सँगर्षको कथा
के हो भनेर
थाप्लोमा नाम्लो पिठ्यूँमा डोको
हातमा खुर्पा हसिया बोकेर
अघि अघि गाई वस्तु पछि पछि
साथी भाइसँग सिलक गाएर
वन पाखा मा हुहु र हाहा
को कोलाहाल मच्याउँदै घास दाउरा
काटी
काफल जिम्मू चुत्रो ऐंसेलुको मजा लुटेर
घर फर्किदै
घास र दाउराको भारी बोकेर
हिँडेका संघर्षका कथा
म सुनाउँछु नी
कुवाको पानी जलुकाको पातमा उठाइ पिएर
संघर्षको कथा
के हो भनेर
सिम सिम पानीमा रुझ्दै
असारे गीतमा माग्न भएर
माटोसँग लड़ाई गरेको
दुधिलो मकै बाँदर ले झै दार्दै
रसिला आपको स्वाद चाखेको
कोदो धान रोप्दा रोप्दै
गुन्द्रुक को झोल सँग ढिँडो र दही
मुखमा लागेको
हाते मालो र पालो पैँचो मा गएर
आपसी भावना र विचार साट्नु पर्नी
विडम्बनाको कथा
म सुनाउँछु नी
जीवन के थ्यो बुझाएर
संघर्षको कथा
के हो भनेर
घट्टामा पिस्यो मकैको पीठो
जाँतोमा घोटी कोदोको रोटी
चामलको भात त के हो के हो
कहानी सायद विगतको राम्रो
टुकीको ज्योति देओल को झुल्को
दाउराको आगो बालेर
सुनाउँछु नी म
ढिकी जातो अगेनोको
टुकिको कोठरीमा बसेर
संघर्षको कथा
के हो भनेर
Liked by: