आज म जन्मदा सारा प्रकृति शुद्ध हुन्छ
अन्धकार उराठ लाग्दो बादल हटाउदा म खुशी हुन्छु ,
म प्राणिहरुको खुशी हुँ ,हो म हावा हुँ ।।
मेरो कारण लाखौ जिवजन्तु र प्राणी
यो धरातलमा खुलेआम खुसीसाथ घुमिरहेका छन्
म एक जीवन हुँ , हो म हावा हुँ ।।
म गर्मीमा सितल बनी आउछु ,
अनि ती गन्तव्यमा लम्किएका पाइलालाई आनन्दित तुल्याउछु
म एक आनन्द हुँ , हो म हावा हुँ ।।
मानिस महामारीमा जीवन र मृत्युको संघर्षमा हुदा
दु:खमा म जीवन बनि आएको छु
म एक मुख्य सहारा हुँ , हो म हावा हुँ ।।
सारा जगत ममा नै निर्भर छ ,
यो संसार ममा नै व्याप्त छ ,संसार मैले नै चलाएको छु ,
म प्रेम हुँ , हो म हावा हुँ , म हावा हुँ ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: