म जानेछु आफ्नै देश, मेरो देश नेपाल ।
भ्रष्टाचार औधी भएको मेरो देशमा
परिश्रम रुपि टालो ओढाइ
च्यात्तिएको अर्थतन्त्रमा
मेहेनत रुपि हातले सिउन जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
ओमन को समुद्रको मजालाइ भुली
बिसादी पिय पदार्थ लाई छोडी
रारा ताललाइ समुद्र मान्दै
झरना अनि कुवाको चिसो पानीलाइ
अमृत जल मानी पिउन
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
पैंतालीस डिग्री मा तात्तिने शरीर अनि
बर्सात झै झर्ने पसिना लाई
सुकाउने कृतिम एसि लाई छोडी
आफ्नै भुमिमा यो पसिना चुहाइ
मेहेनत को फल खान
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
बाध्यताको परदेशी हासोलाइ भुल्दै
सुस्केराको स्वास लाई फेर्न
हरियो जङ्गल बिच चरिको आवाज
मयुर नाच अनि कोलिल गित सुन्न
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
राजनैतिक अस्थिर भएको मेरो देश
दङ्गा , फसाद को बिकास मा शसक्त
जसै जे होला आफ्नै मुलुक
आफैलाइ स्थिर बनाइ
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
असारे भाका , साउने वर्षा को मिलन मा
थाकेका ती किसानी जनबिच
आफैलाइ पनि समाहित बनाउन
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
भोरको पहिलो झपक मा
देखिने आदित्यको झलकमा
त्यो हिराझै हिमचुली लाई
हेरि आनन्दित हुन
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
हो म फर्की जानेछु
अबस्य म फर्की जानेछु ।
म आफ्नै मुलुक जानेछु
म फर्की जानेछु
म मेरो मुलुक फर्की जानेछु ।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: