म पानी हु
जता बाटो पायो म त्यतै बग्छु ।
म चिन्दिन कसैको घर खेत।
म चिन्दिन गाई बस्तु र मान्छेहरु ।
म चिन्दिन रुख बिरुवा ।
म देख्दिन सुन्दर संरचनाहरु ।
म गर्दिन कसैलाई दयामाया ।
म कहिले शान्त भएर बग्छु त
कहिले उर्लेर बग्छु ।
तर म आफ्नै बाटोमा बग्छु ।
हे ज्ञानि मान्छेहरु
नछेक मेरो बाटोहरु ।
नबनाउ मेरो बाटो मिचेर
मेरो किनारमा आफ्ना घरहरु ।
नत्र
मेरो बाटोमा पर्ने हर वस्तुलाई
म सगै बगाएर लानेछु ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: