म संसार छोडेर गएको दिन
नरुनु है बुबाआमा ...
जन्माइ हुर्काएको तिम्रो छोरो
अभागिनै रहिछ आमा !!
हुन पाइन तिम्रो लाठी,
समाई तिमि हिन्ने थियौ
पाइलै पिच्छे साथ तिम्रो,
समाइ म नि हिन्ने थिए !!
मलाई माफ गर प्रिया,
बाचा पुरा गर्न पाइन..
तिम्रो सिउदो रंगाएर
आफ्नो मैले भन्न पाइन ...
भनेको तिमिलाई म ,
आफ्नो संसार बनाएर
सुखदुःख साथ साथ
पार गर्न म पाइन ...
माफ गर्नु आमा बाबु
असल छोरो बन्न पाइन
माफी माफि देउ प्रिय मलाई
तिम्लाइ आफ्नो भन्न पाइन !!!
हे मेरा मित्र ,
मित्रता तोडिएको छैन है
साथ नभएनी साथी छु
भुल्या मैले छैन है ..
बाल्यकाल खुसि थियो
बालापनको मित्रतामा
टप्पक्क आइ टिप्यो
लग्यो कालले आफ्नै साथमा..
सम्झन्छु नि अझै पनि,
बालापनको गुच्छा त्यो,
सानातिना हातहरुले
सजाइएको सपना थ्यो....
माफ गर्नु बुबाआमा...
सपना पुरा गर्न सकिन
अभागी मै सन्तान परे
तिम्लाई खुसी दिन सकिन....!!!
माफ गर बहिनी तिम्रो
दाजु सधै रहन पाइन
तिज, तिहार चाडमा
हर्ष तिम्लाई दिन पाइन
खालि तिम्रो निदार देख्दा,
पलपल मरेको छु
सप्तरंगी फुल फुल्दा
भित्र भित्रै जलेको छु ....
बहिनी तिम्रै हातले,
निदार मेरो रमेको दिन
अब सम्झी नरुनु है,
भाइटिकाको त्यो दिन!!
माफ गर बहिनी मलाई
दाजु धर्म गर्न पाइन
माफ गर प्रिय मलाइ
तिम्लाई आफ्नो भन्न पाइन
माफ गर्नु आमाबुबा
असल छोरो बन्न पाइन !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: