मधुमेह राेग लाग्याे भने
खेलासिमै कै हाेईन नभने ।
काेहि भन्छन यस्लाई डाईविटिज
काेहि काेहि भन्छन यस्लाई सुगर
काेहि भन्छन यस्लाई मधुमेह पनि
काेहि भन्छन यस्लाई चिनिराेग भनी ।
मधुमेह राेग लाग्याे भने .........
ओठ, मुख अनि घाँटी धेरै सुकिरन्छ
छिन छिनमा पिसाव लाग्छ राेके चुहिरन्छ
भाेक ,प्यास धेरै लाग्छ पसिना नि आउछ
मधुमेह राेगका लक्षण यिनै हुनभनी कहिरन लाउछ।
मधुमेेह राेग लाग्याे भने.....
कसैलाई बंशानुगत सर्दै आउदाे रैछ
कसैलाई विरामि हुदा देखाउदाे रैछ माेटाघाटा,अल्छीलाई यस्ले छुदाे रैछ
खानपान र जीवनशैलिले नि हुदाे रैछ ।
मधुमेह राेग लाग्याे भने...........
वेलैमा उपचार अनि पथ परहेज गरे
दैनिकिलाई सक्रियपार्न सधैंअघिसरे
भाेकै कहिल्यै नवसेर ठिक्क खानेगरे मधुमेहलाई तहलगाई वाच्न सकिन्छरे।
मधुमेह राेग लाग्याे भने..........
मधुमेह राेग लाग्याे भने.......
बेलैमा हाेस नपुर्यायि लापर्वाहि गरे
आँखा,मुटु,किड्नि सखाप गर्ला भरे
उच्च रक्तचापले ढाल्ला कुनै पनिवेला
अनेकाैं राेगकाे जड मधुमेहकाे खेला
मधुमेह राेग लाग्याे भने.............
मनमा चिन्ता तनाव केही लिनु हुन्न
शरिरमा अनावश्यक दवाव दिनु हुन्न
शान्त चित्त प्रशन्नताले अध्यात्मकाे चिन्तन
मधुमेहलाई परास्त गर्न यहि सल्लाह दिन्छन ।