महलको रोदन कसैले सुन्दैनन्,
चिच्याहट कसैलाई थाहा नै हुँदैन्,
झुपडीका हुँकहुँक आवाज हरेकले सुन्छन्,
कानेखुशी पनि सबैलाई थाहा हुन्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मनपर्छ।
महल जहाँ,
रुवाइका आवाजहरुलाई कसैले वास्तै गर्दैनन्,
पीडा, दुखाई अनि वेदनाका भारीहरु कसैले बाँड्दैनन्,
झुपडी जहाँ,
हरेक आँसुका थोपाथोपा पुछिदिने ,
हरेक पीडा र दुखाईमा मल्हम लगाइदिने,
निःस्वार्थ हात हुन्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मनपर्छ।
महल बलियो हुन्छ तर मान्छेबीच सम्बन्ध कमजोर हुन्छ,
जहाँ श्रीमान् आफ्ना हुँदैनन् श्रीमती आफ्ना हुँदैनन्,
बुवाआमा हरेक सम्बन्धहरु नै आफ्ना हुँदैनन,
कतिखेर कस्ले कस्को ज्यान लिन्छन् पत्तै हुँदैन,
झुपडी जहाँ,
झगडा नै भए नि पत्तै नपाइ ज्यान लिने दुस्साहस हुँदैन,
झुपडी कमजोर हुन्छ तर सम्बन्ध बलियो हुन्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मनपर्छ।
जहाँ दुःख बिसाउने चौतारी नै हुँदैन,
हर कोही हरेक पीडाको सिकार हुन्छन्,
कसैलाई कसैको पीडा बुझ्ने फुर्सद हुँदैन्,
तर झुपडीमा सबै कुरामा स्वतन्त्रता हुन्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मन पर्छ।
महल जहाँ,
माया शब्दमा हुन्छ, हृदयमा हुँदैन,
दिल खोलेर रुन अनि हाँस्न पनि डर, भय हुन्छ,
तर झुपडीमा,
माया शब्दमा हैन, हृदयमा हुन्छ,
दिल खोलेर रुन अनि हाँस्न स्वतन्त्रता हु्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मनपर्छ।
महलमा धन हुन्छ, मन हुँदैन,
ज्ञान हुन्छ, विवेक हुँदैन,
शिक्षा हुन्छ, बुद्दी हुँदैन,
सुख, शान्ति, समृध्दि सबै हुन्छ,
तर ती सबै बनावटी हुन्छ,
झुपडीमा धन हुन्न, मन हुन्छ,
ज्ञान हुन्न, विवेक हुन्छ,
शिक्षा हुन्न, बुद्दी हुन्छ,
बनावटी हैन हरेक कुरा प्राकृतिक हुन्छ,
त्यसैले साथी मलाई महल हैन झुपडी मनपर्छ।
Liked by: