तिमीलाई म पहिल्यै देखि मन नपरेको मान्छे
घ्रिणा गरेको मान्छे
अझै भनौ म तिम्रो लागि मान्छे नै हैन
मान्छे नै हो भनेपनि
तिम्रो लागि केहि काम नलाग्ने
बेकाम को बान्छे
हो तिम्रो लागि म
“मतलब ” नभएको मान्छे ।
तिम्लाई खुशी पार्न
भौतिक सुख किन्न नसक्ने
मन भन्दा अरु केहि धन नभएको मान्छे
यो दुनियाँमा सुहाउदै नसुहाउने
तिम्रो लागि झनै नसुहाएको
एउटा धर्तिको बोझ
कमाइ नभएको ,जागिर नभएको
न त महिनै पिच्छेको तलब
हो तिम्रो लागि
म “तलब ” नभएको मान्छे । ।
निस्वार्थ प्रेम थियो मेरो
संसार र तिमी दुइतिर रख्दा
तिमीलाई नै रोजेको थिए
संसारमा मेरी तिमी थियौ
अनि
तिमीमा मेरो संसार थियो
सपनाको महलमा चहलपहल हुन्थ्यो
मनले मन छुन्थ्यो
यसरि नै चलिरहेको प्रेममा
एकदिन जब मन छुने मनले तन छुदै
धन छुन पुगेछ
त्यस्पछि मलाई पछि पार्ने
धेरै कुराहरु अगाडि बडेछन
ति अगाडि बडेका कूराहरु भन्दा
तिमी झनै अगाडि बडेछौ कि
तिम्रो र मेरो दुरि आकाश र पातालको जस्तै भएछ
हो त्यसौ दिन बाट म टाढा छु तिमीबाट
अनि सधैं एक्लो छु
तिम्लाई मन नपरेको मान्छे
हो मेरै लागि
म त “लब “नभएको मान्छे । । ।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: