वर्षातको मौसम बित्यो
बिस्तारै हिउँद पनि जाँदै छ
भन यो के मौसम आयो
भित्री आवास भिन्दै छ।
भन्छ वसन्त नयाँ उमङ्ग ल्याउछु
पाउलिन लागेको वृक्ष साछि छ
मान्दैन यो माया पिरतीको मौसम
भन्छ फेब्रुअरीको बात भिन्दै छ।।
के नै फरक छ र वातावरणमा
उही चार ऋतु यथावत नै छ
तर पनि यो चञ्चल मनमा
प्रेम ऋतु गासिदै छ।।।
चढ्दै छ नशा मायाको
क्यालेन्डरमा प्रेम सप्ताह चल्दै छ
आखिर मौसम न रहेछ यो
सायद बद्लिँदै पनि जाने छ।।।।
Liked by: