देखनेले अनुहार मा भएको हाँसो देख्छन्
तर आमाले अनुहार पछाडि भएको पिडा
मेरी आमा मेरो अध्यारो को रोसनि हुन
मेरो हिम्मत बनि मलाई सधै अघि बढ्न
को लागि प्रोत्साहित गर्ने मेरो ताकत हुन ।
मेरो खुशी मेरी आमाबाट नै सुरु हुन्छ
कसैले मेरो तारिफ गर्दा मेरो होइन
मेरी आमाले मलाइ दिएको
संस्कार को तारिफ होस् ।
हार नमाने को होइन कयौ पल्ट लड्दा मैंले
हार मा हरेस होइन हार पछिको आउने
सुन्दर जिन्दगी को लागि बाच्नु पर्छ भनि
आमाले सिकाएको याद आउँछ ।
पहिले भन्दा अझै बलियो भएको
आभास हुन्छ सन्सार मा कसैको साथ होस्
या नहोस् तर आमाको साथ
सबै सङ्ग होस् ।
संसार का सारा खुशी दिन मन छ
मेरी आमालाइ सन्सार देखाउने मन छ
कयौ पल्ट मलाइ नदखिने गरी रुएकि
मेरो खुशी किन् मेरी आमा
अब आमालाई सारा खुशी दिन मन छ ।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: