निर्दोष मेरि आमा लाई म कसरी भनौ
म यो देश छाडेर जाँदै छु भनेर
असारे मेला मा ब्यस्त भएका
मेरा बाबू लाई म कसरी भनौ
म यो देश छाडेर जाँदै छु भनेर
कसैले बाटो मा भेट्यौ भनि
भनिदिनु मेरा आमा बा लाइ
छोरा आउन्ने छ आमै
एकदिन ठूलो मान्छे बनेर ।।
भनिदिनु यो सरकार लाई
म नागरिकता बोकेर पनि
अनागरिक भएको छु
त्यो नागरिकता को सान बढाउन्न कै निम्ति म
यो देश छाडेर गएको छु
हो म नागरिकता भएर पनि अनागरिक भएको छु ।
बुझाइ दिनु मेरि आमा लाइ
छोरा ठूलो मान्छे बन्न गएको भनेर
आमा अन्तिम पत्र नआउन्नु जेल बस्नु है
औला भाच्दै दिन गनेर
हो
बिरे दाइ ले भनेको
जस्तै आउन्ने छु म
एकदिन ठूलो मान्छे बनेर ।।।
शासन सत्ता र साशक को
भरमा अब नपरुन्न मेरा बा आमा
बुझाइदिनु कसैले उनिहरु भ्रष्ट हुन भनेर
मेरो अन्तिम पत्र नआउन्नु जेल
बस है आमा दिन गनेर
आउन्ने छन्न म जस्तै
हजारौ छोराहरु एकदिन
अब्बल नागरिक बनेर ।।
Liked by: