चन्द्रमामा भएको दाग हटाऊँ जस्तो लाग्छ
देशका युवालाई देश विकासमा खटाऊँ जस्तो लाग्छ ।
अघि बढ्न नसकेको देशको स्थिति देख्दा
वितृष्णाको भूमरीमा हराउँछु कि लाग्छ ।।
सूर्यको किरणले धर्ती सजाउँछ जस्तो लाग्छ
घामको किरणले बस्तीहरुमा आशा जगाउँछ जस्तो लाग्छ ।
हरेक पल, हरेक क्षण भावनाको गहिराइमा पुग्दा
घामको किरण म नै बनौं कि जस्तो लाग्छ ।।
हजारौँ समस्यालाई यहाँ उन्मूलन गर्नु छ
ढुङ्गा बनी डुब्ने हैन डुङ्गा बनी तर्नु छ ।
नम्र, सरल, व्यक्ति बनी सबको मन जिती
अजर, अमर प्रधानमन्त्री बनी मलाई मर्नु छ ।।
प्रधानमन्त्रीको कुर्चीको महत्व हुँदा-हुँदै पनि
व्यक्ति प्रतिको वितृष्णाले मलाई झस्काउँछ ।
अनि सोच्छु, किन यस्तो भयो होला ?
सम्झन्छु,
जताततै भ्रष्टाचारको कुरा सुन्दा
भ्रष्टाचारको समाचारले पत्रिकामा प्राथमिकता पाउँदा
राज्य सञ्चालकको मौनताले मलाई झस्काउँछ ।
अनि सोच्छु
बदल्नु छ यसलाई, गर्नु छ परिवर्तन, हटाउनु छ जनताको वितृष्णालाई
प्रधानमन्त्रीको गरिमालाई उँचो बनाउन म अघि सरुँ सरुँ लाग्छ !!
यो देशको लागि केही गरूँ-गरूँ लाग्छ ।।
देशको लागि ज्यान दिन परे पछाडि पर्ने छैन्
आफ्नै परिवारको सदस्यले कानुन टोडे पनि बचाउँने छैन् ।
म यस्तो प्रधानमन्त्री बन्न चाहन्छु, जसलाई देखेर अरु पनि देश विकासमा अघि बढून् ।
देश कसरी अगाडि बढ्छ भनेर उपाय खोजून् ।।
विदेश गएका युवालाई स्वदेश फर्काउने छु
सबैलाई देशको मूल्य बुझाई देश विकासमा अगाडि बढाउने छु ।
कहिल्यै पनि देश विरुद्ध सन्धी गर्ने छैन
देशको भूमि बेच्न खोज्नेलाई बाँकी छोड्ने छैन् ।।
मेरो सपना अहिले कसैलाई हाँसो बन्न सक्छ
कर्म गरी अघि बढे मेरो खाँचो पर्न सक्छ ।
सपना सबैको हुन्छ, तर विपना बनाउनुपर्छ
सानो हैन, सपना ठुलो हुनुपर्छ
उद्देश्य उडी छुनु चन्द्र लिनुपर्छ ।।
Liked by: