मेरो देश कति प्यारो छ
सात प्रदेश सतहत्तर जिल्ला
पूर्वमा मेची अनि पश्चिम महाकाली किल्ला
मेरो देश साच्चै प्यारो छ
सगरमाथा झैँ उच्च शीर हामी नेपालीको
प्यारो छ कला संस्कृति नेपाली भेषभूषाको
आहा मेरो देश प्राणभन्दा प्यारो छ
हरियो बन खोलानाला कोइलीको मिठो स्वर सुन्दा
लाग्छ म स्वगको भ्रमणमा निस्किएको छु
हिमालको चिसो हावामा रमाउदै
उकाली ओरालीहरुमा खेल्दै
तराइका विशाल फाटहरुमा सुन झैँ पहेंला धान झुलेको
पाखा पखेरामा राताम्य भइ गुराँस फुलेको
कलकल गर्दै खोला बगेको
चार जात छत्तिस वर्णको साझा फूलवारी मेरो देश नेपाल
साच्चै प्यारो छ मेरो देश
गोर्खालीले रचेको इतिहास
मलाइ लाग्छ मेरो देश विशाल छ
आँखा चिम्म गर्दा होस् वा आँखा बन्द गर्दा होस्
मलाइ मेरो देश प्राण भन्दा प्यारो छ
मेरो देश अद्भुत प्यारो छ
Liked by: