झुटको खेती गर्दै यहाँ
असत्यताको फल उमार्ने
आफ्नो स्वार्थ का लागि यहाँ
आफ्नै स्वाभिमान मार्ने
महोदय
मेरो कलमको सलाम तपाइँलाई
मिठा मिठा गफले लठ्ठै पार्ने
काम गर्न नसकेनी
कुरैले हाम्लाई मख्खै पार्ने
तपाइजस्ता ब्यक्तिलाइ
नेता ज्यु
मेरो कलमको सलाम तपाइँलाई
शिक्षाको नाममा ठुला महल ठडाउने
क्याम्पसको स्तर भन्दा
धेरै तला बढाउने
प्राचार्य ज्यु
मेरो कलमको सलाम तपाइँलाई
देशको निकास भन्दा बढी
खल्ती बिकास गर्ने
आफ्नो स्वार्थका लागि
जति गिर्न पछि नपर्ने
मन्त्री ज्यु
मेरो कलमको सलाम तपाइँलाई
देशबेच्ने लाई खुल्ला छोड्दै
इज्जत बेच्नेलाइ समात्ने
शान्ति सुरक्षा भन्दा आफ्नै
बैंक ब्यालेन्स बढाउने
प्रहरी ज्यु
मेरो कलमको सलाम तपाइँलाई।
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: