तिम्रो माया मा मात्र के परे
संसार नै भुले जस्तो लागछ।
जाहा तहि जति खेर नि
तिमीलाई माया गर्न मन लाग्छ ।
दुनियाको सबै सुन्दरता
तिमीमा मात्रै देख्दैछु।
सपनाको संसारमा हराएर म
पल पल काे यादहरु समेटदै छु।
बोली पनि क्या मिठो तिम्रो
कोयल पनि सुनेर सरमाउला।
सुनौलो रात होस या चान्दनि रात
सधै तिमी र म संगै रमाउला।
क्या सुन्दर तिम्रो आनुहार यो
मन पनि कति पबित्र ।
झाकेर हेरी सके मैले
तिम्रो त्यो मुटु भित्र।
साँसकाे कुरा के गछौं ?
धड्कन पनि तिम्रै नाममा धड्किनछ।
बिना तिम्रो नामको खानै रुच्दैन
खाए नि घाटीमै अड्किन्छ।
तिमी बिनाको यो जिन्दगी नै
अधुरो लाग्छ ।
संसारलाई त देख्दैछु
तर तिमीबिना अधुरो लाग्छ ।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: