स्यालहरुकाे हुँइयाले
कानकाे जाली नै फुट्याे
म कसरी सुनाै प्रिय शब्द
चारैतिर सुनसान छ,
अपराधीहरुकाे अपराधले
समाज दुर्गन्धित छ
सफा गर्ने भन्दा
फाेहाेर गर्नेकाे संख्या बढी छ
म कसरी सुगन्ध लिन सक्छु
सुन्दर समाजकाे ,
अनुहारमा अंगार काेरिएकाे छ
मुस्किल छ तिम्रो सामु उभिन
म कसरी सगरमाथा झैँ अडिग रहनु
सर्वत्र शीर निहुरीएकाे छ ।
Liked by: