मुर्दाले चलाएका जिउदा मानिसहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

मुर्दाले चलाएका जिउदा मानिसहरु




   युधिष्ठिर जोशी (गर्ग) - Dec 14 2023

जीवन चलिरहन्छ
आफ्ना लागि भन्दापनी
अरुले केही भन्छकी भनेर
मन मनै त्रसित हुँदै
हरपल हरक्षण
फुकी-फुकी पाइला टेक्दै,हिड्दै
गन्तब्यको यात्री बनी
भविष्यको योजना बुन्दै
आज बाची
भोलिको जोहो गर्दै
निरन्तर बृत्त रुपमा
चलायमान ब्रह्माण्ड
संगै शुष्म र अदृष्य
आभाष मात्रमा
बिचारको द्वण्द्व गरि
भित्र भित्रै मनोक्रान्तिले
अंकुरण गर्दछ,
पलाउछ
अनि हुर्किन्छ।
अनि आफ्नै मष्तिस्कले
आफ्नै लागि
आफ्नै जीवन कालमा
आफुलाइ नै अनुकुल हुनेगरी
बिरलै मानव ले
नया आजको वर्तमान
युगलाइ सुहाउदो
जिउदा मानिसको लागी
असल,सभ्य र नैतिक
बिचारको उत्पत्ती र बिकास गर्दछ।
किनकी
हामी हाम्रा प्रकाण्ड बिद्वान
पुर्वजबाट ज्ञान लिइ
त्यही ज्ञानको जालो
मा फसिरहन्छौ।
कहिलै कोसिस गरेनौ
पुरानो ज्ञानको बुइ चढी
नया ज्ञान थालनी गर्ने।
नत्र हामी हाम्रा
महान दार्शनिक,अध्यात्म बिचारक,कर्मयोग,
ज्ञानयोगका गुरु,र
शान्तिका प्रवर्तक तेजमय प्रकाश पुञ्ज
श्रीराम,श्रीकृष्ण,बुद्ध,इशु खृष्ट,मोहम्मद,
गुरु गोबिन्द,साइबाबा,अन्य धेरै
ताराहरु जो आफ्ना काल खण्डमा
मात्र नभै
आजपनी हरेक मानिसका
मन मष्तिस्का बस्दछन।
तर बिडम्बना
जिवनको आधुनिक युग
सफलताको लागी
अज्ञानको नदि तर्न
हामिले यी महान
ज्ञानिको ज्ञान रुपि
डुङ्गामा सयर त गरेउ
तर डुङ्गा बाट
ओर्लिएर तटको बाटो
तय गर्न
नसकी
मष्तिस्कमा शुन्यताको
सानो संकुचित
जात,सम्प्रदाय,देश र सिमानाको
तगारो युक्त जंजिरमा जेलिएर
सम्पुर्ण मानव जगतको
जीवन धर्मबाट बिमुख भइ
हजारौ वर्ष अगाडि
अनुकुल ब्यवस्था र बिचार
आज प्रयोग गर्दछौ।
श्रीराम,श्रीकृष्ण,बुद्ध,इशु खृष्ट,मोहम्मद,साइबाबा,गुरु गोबिन्द जस्ता महान ज्योति र ज्ञान पुञ्जहरु
त्यो कालखण्डका प्रज्वल्लमान तेजमय उत्कृष्ट ब्यवस्थापक,बिचारकहरुको बिचारहरुले मात्र
आजको आधुनिक
मानव जगतको
आवस्यकता,समस्या समाधान
गर्न सक्छकी सक्दैन
कहिलै बिचार नगरी
सोच्दै नसोची
उनै हजारौ वर्ष अगाडिका
बितेका मुर्दा भैसकेका
महाबिद्धानहरुको
बिचारको
ज्ञान रुपि डुङ्गामा
आधुनिक समाजको मानव
सागरमा सयर त गरेयौ
तर
बिचारको नया आधुनिक
तटको खोजी नगरी
पुरानै,परम्परा,कुरिती
कुण्ठाहरु मनमा पालि
बिचारको डुङ्गामा नै घुमिरहेउ
यहि संकिर्ण बिचारहिन
सोचको उपज नै
मुर्दा मानिसले चलाएका
हामी जिउदा मानिस हौ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.