म आफै मेरो देश बनाउँछु
अाफ्नै भाषा अनि भेष बनाउँछु
सबैकाे सम्मान हुने परिवेश बनाउँछु
दुःख, कष्ट सहेर यहाँसम्म पुगियाे
नलाग्ने कहिल्यै पनि ठेस बनाउँछु
अाफै अात्मनिर्भर बन्न सिकाएर
नेपाललाई अरुभन्दा वेश बनाउँछु
'पाल'बाट सबैलाई घर घरमा सार्छु
हाँसो धेरै, अाशुलाई लेश बनाउँछु
सबै यहाँ गफ लाउने मात्रै देखेँ
पुग्याे! म अाफै मेराे देश बनाउँछु।।
निरज दाहाल
थारमारे नगरपालिका -१,सल्यान
टुइटरमा: @dahal_sarkar
Liked by: