घनश्याम काफ्ले · Feb २०, २०२०
किन होला नारी पुरुष समान हुदैनन्
पुरुष आफैं हेला गर्न पछि सर्दैनन
भाषण भने ठुलाठुला दिन्छन् नेताहरु
सिद्धान्तमै सिमित हुन्छ व्यबहारमा मरु
नारीलाई नरकको मुल ढोका ठान्ने
कहिले होला समाजले सत्य कुरा जान्ने
नारीलाई घरनाउको झ्यालखानामा थुन्छन
त्यसकारण नै अबसरमा महिला बन्चित हुन्छन
किन होला हाम्रो समाज यस्तो निच बन्छन
नारी पुरुष संगै हिड्दा जोइपोइ भन्छन
एकै रथका दुई पांग्रा भइ अगाडी बढौ
नारी पुरुष दुबै मिली देश बिकास गरौं
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |