निस्कनु छ एउटा छुट्टै यात्रामा
र बन्नु छ एकल यात्री
कसैले साथ दिउन या नदिउन
बस यति थाहा
अब यो यात्रा रोकिनेछैन
म
बहकिने छैन कसैको
झुटा आशवासन र माया मोहमा
किनकी
मैले चिनिसकेकि छु
पहिल्याईसकेकि छु
आफ्नाको भिडमा भएका पराई
र त्यो अन्जान सहयात्री
गन्तव्य
को खोजी सुरु गर्नुछ
र पुग्नुछ त्यो उचाईमा
जहाॅ पर्खीरहेका छन्
मेरा सुनौलो भबिष्य
पुरानो
यादहरुले रोक्ने छैन अनी
पुछ्नेछैन तिम्रो त्यो गोहिको आॅशु
किनकि
म चाहन्न तिम्रो अंगालोको आशले
आफ्नै पिठ्यूॅमा छुरा रोप्न
नयाॅ बर्षमा
फेरी गर्नेछैन म ति पुराना गल्तिहरु
र हुनेछैन कमजोर र सर्वहारा
मैले पाठ सीकिसके
मैले चिनीसके आफ्नारुपी पराई
र त्यो अन्जान सहयात्री
म
पल्टाउनेछु एउट त्यस्तो भित्तेपात्रो
जहाॅ तोकिएकै छैन
अहॅ लेखीएकै छैन
तिम्रो र मेरो भेट अनी
तिम्रो मेरो पुनर्मिलनको मिती
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: