हिजो आज किन हो जान मनलाग्छ
मलाई आफ्नै पँधेरीमा
हिड्न मन लाग्छ,
डुल्न मन लाग्छ,
साथी-सँगीहरु सँग भूल्न मनलाग्छ
आफ्नै पँधेरीमा
शैशवकाल बित्यो
खेलेर पँधेरीमा,
त्यहाँ वरिपरिका झारहरुसँग रुमलिदै
झुलेर पँधेरीमा
लाग्थ्यो सार्है रमाइलो त्यहि नजिकैको
पीपल बोटमा सबै मिली छोइडुम खेल्दा
सानो र राम्रो पँधेरीमा
आफ्नै पँधेरीमा
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: