पहिले पहिले गाउमा खाजा तरुल भ्यागुर गिठो हुन्थ्यो
पिरो अचारमा चोपेर खादा मम भन्दा नि मीठो हुन्थ्यो
भात खान लाई कि त सराद कि त दसै नै कुर्न पर्थयो
बर्ष भरि खाने खाना आटो मकै रोटी अनि पिठो हुन्थ्यो
चप्लिको फिता बानेर लाउने, फाटेको लुगा टालेर लाउने
कपडा धुन खरानी हुन्थ्यो, नुहाउन पिना र रिठो हुन्थ्यो
न अस्पताल न डक्टर थिए,भान्सामै बन्थयो औषधि सबै
आमाको स्यार र बाको ढाडसले रोग निको छिटो हुन्थ्यो
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: