उ सुन्दर छे,
अलिकती चन्चल पनि ।
मलाइ हेर्छे,
मुस्कुराउछे,
अनि लजाउदै भुइमा हेर्छे
लाजले भुतुक्कै हुन्छे,
म नजिक सर्छु,
उ अलिक टाढिन्छे
म हात समाउछु,
उ हात कप्कपाउछे
आखैँ अगाडि झरेका केस पन्छाउदै,
कानमा माथी सिउरन्छे
एकटक मेरो बोली सुन्छे तर उ आफू बोल्दिन
पहिलो भेट हो यो उसको मेरो
पत्रहरुमा जस्तै सालिन छे ऊ
तिखा नजरले घरीघरी कर्के हेर्छे
अनि झट्टै भुइमै आँखा ठोक्काउछे
थरथर ओठ कपाइ हजुर भन्छे
अनि थोरै मुसुक्क मुस्कुराउछे
यताउती हेर्दै हत्तारिन्छे
मानौ कसैलाइ देखेर डर मान्दी हो
पत्रमा आदेश दिन्थी मलाइ
तर अहिले मौन छे
मात्रै मेरो कुरा सुन्छे अनि लजाउछे ।
मेरो पनि अवस्था उसको जस्तै छ
सामिप्य उसको पाउने बित्तिक्कै
मुटु जोड-जोडले चिच्याउछ
आवाज दबाउछ
उसको सौन्दर्यले मलाइ मोहित बनाउछे
नबोली नबोलि चिढ्ह्याउछे
रिसाउछु-जिस्काउछे
मुस्कुराउछु- लजाउछे
Liked by: