पैसा,पैसा,पैसा
सबैको मुखमा झुन्डिने
म कस्तो भाग्यमानी रैछ !!
मजदुरले दिनभरी काम गर्यो
ज्याला!!
कर्मचारीले अफिसमा काम गर्दा
तलब!!
मन्दिरमा चढाउदा
भेटी!!
बा ले दिदा दक्षिणा !!
अहो! म भाग्यमानी पैसा **ll
बैंकमा जम्मा गर्दा
डिपोजिट!
पैसा झिक्दा
withdraw!!
बैंकसङ लिदा लोन
साहुसङ लिदा ऋण ।।
अहो! म पैसा का दिन ।।
म नभै नहुने
पैसा दिदा बच्चा चुप
टेबलमुनिबाट दिदा कर्मचारी चुप ।।
म रहेछु धेरै अचुक ।।
पैसा पाप नभन न मान्छेहरु
पण्डितलाई दान गर्नपनि त
पैसा चाहिन्छ ।।
साथिलाइ दिए सापटी
गुरुलाइ दिए गुरुदक्षिणा ।।
कतिधेरै इज्जत र सम्मान छ
म भाग्यमानी पैसा !!
मोबाईलमा ब्यालेन्स राख्दा
रिचार्ड
म शुन्य (0)को मूल्य बोकेर
दौडिरहेको छु।।
खोजिरहेछ दुनियाँ मलाइ
प्राप्त गर्न !!
म कस्तो भाग्यमानी !!!!!
बोल्ने को मुख बन्द गर्ने
नबोल्ने को मुख खुलाउने
मन्त्र नै पैसा हो ।।
बिरामी छौ औषधि चाहियो
पैसा।।
घर मा रासन सकियो
पैसा ।।
श्रीमति को कचकच टार्न
पैसा।।
बच्चा को भाग्य सपार्न
पैसा।।
म सङ प्रेम नगर्ने सायद
कमै होलान
दान नै धर्म हो भन्दै
मन्दिर धाउने पुजारी
छेउमा रोकेको कार देखेर
अल्मल्लिन्छ ।।
मैले राजाको मुकुट देखि
सगरमाथा चुमिसके ।।
तिमी मलाइ सम्झिदैछौ
मैले सन्सार घुमिसके ।।
शहरमा ढलान घर बनाउनेहरुले
तरकारी किन्दा 5 रुपैयाँ छुट
मागेको देख्दा
मेरो औकात घटेको लाग्छ ।।
मजा त तब आउँछ
जब राजनीति मा कुर्सी प्राप्त
गर्न करोडौं को
चलखेल हुन्छ ।।
मैले मान्छेले मान्छेलाई
लात्ती हानेको देखेको छु
पैसालाइ लात्ती हानेको
देखेको छैन।।
बाचुन्जेल बेकाममा पैसा
उडाइरह्यो।।
जब क्यान्सर भयो थाहा पायो
कि पैसा थिएन ।।
उ म बिना एक्लै मर्यो ।।
उ भोक ले पिल्सिरहेको छ
उ रोग ले लडिरहेकि छे
कोहि उन्मात बैँस मा खर्च गरिरहेका छ्न
कोहि पैसाले समाजसेवा गरिरहेका छन
कोहि बिदेशि रक्सी मा लठ्ठ छ्न
कोहि स्वोदेशी भट्टी मा !!
बिना कसैको अस्तित्व
छैन ।।
सदुपयोग गर्न सिक मेरो
म भए सन्सार उज्यालो
नभए अध्यारो।।
तिम्रो प्यारो पैसा
हो म पैसा।।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: