आज बिदा पर्यो एउटा, तस्विर पारे खिचिक्क
पिडा सबै मनमै लुकाइ,हासिदिए ङिचिक्क
खुबै रमाइलो छ ठान्छन,आफन्त इष्ट मित्र
तर मलाइ मात्र थाहा छ कति पिडा मनभित्र।
रोइदिउत मर्द हु म,न रोउत मन दुख्छ सारो
मनभरी दुखलुकाइ दिन कट्न साहै गारो
पर्देश नआऔ भनेकैहो,तर बेबस छु म
र धेरै सोच्ननी मिल्दैन मैले,पर्देशी हु म।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: