पाइला पाइलामा भेटिन्छ परिभाषा जिन्दगीको
हरेक परिभाषामा मेल खानैपर्ने व्यथा जिन्दगीको
दु:खपछि सुख आउछ भन्ने आशै आशमा
बिताउनु छ हरेक कठिन प्रहर जिन्दगीको।
मोडमोडमा छुट्टिन्छन् सहयात्री जिन्दगीको
तरपनि गुडाउनु नै छ पाङ्ग्रा जिन्दगीको
एक न एक दिन त पक्कै गन्तव्यमा
पुगिएला भन्दै पकड़नु छ रफ्तार जिन्दगीको।
केही पाउन केही गुमाउनै पर्ने रैछ
गार्हो पर्यो चुकाउन मुल्य जिन्दगीको
फक्र्याउन खोज्दाखोज्दै मुर्छ्यानु पर्ने
जिन्दगीसंगै मेल खाने कथा पिरतिको |
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: