रचना अधिकारी · Dec ६, २०२१
देख्न सजिलो सपना हो
परिकल्पना गरे जस्तो सुन्दर विपनि हुदैन
सुन्न लाई सजिलो कहानी हो
कथा सुने जस्तो सजिलो जिवनको अध्याय हुदैन
कसैलाई औंला उठाउदा निकै चर्को बोली आउने गर्छ
चर्को बोली लाई बन्द गराउने साहस हरकोहि संग हुदैन
किताब पढ्न सारै सजिलो हो
किताबको भित्री भाव मनन गर्ने हरकोहि संग दिमाग हुदैन
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।