कस्ताे याे देशकाे शिक्षा सदा राजनीतिक हाेडबाजी
सधै बन्द हर्ताल आखिर दिनदिनै नारावाजी
स्कुलमा सधैजसाे तालावन्दी भाछन्
त्यसैले त पढाईकाे दर घट्दै घट्दै गाछन्
विध्यार्थी पनि कम्ता छैनन् जुवातास गफगाफमा व्यस्त
शिक्षक शिक्षिका भने सधै विध्यार्थी पिट्न मस्त
मिठाे नरम वाेली वाेल्ने नराम्राे वाेल्न थाले
ठाडा ठाडा कपाल वनाई भाले वन्न थाले
कलम समाउने हातहरुले चुराेट समाउन थाले
वालअधिकार स्वतन्त्रता घट्दै जान थाले
नेताहरु सधैजसाे कुर्चिमा तानातान
जनताचाहि पुलिसमाथि ढुङ्गामुडा हानाहान
सधैजसाे जनताका वालवालिकालाई कष्ट
सवैजसाे कितावकापी चटपट खादै नष्ट
कपाल काट्ने केटाहरुले अब वाट्न थाले
केटिहरु कम्ति छैनन् जुल्फि काट्न थाले
छाेटाछाेटा कपडा लगाई पार्लरतिर धाई
एउटा ब्वाईफ्रेन्ट वनाएर अर्काेसंग लाई
सधैजसाे डेटिङ्ग तथा घुमघाममा गाछ
त्यसैले त परिक्षामा धेरै आलु ल्याछ
विवाह व्रतवन्ध पार्टिमा हिन्दी गित गाछन्
राम्रै लुगालाई पनि प्वाल पार्न भ्याछन्
कुकुर वाँध्ने साङ्लो जत्राे सिक्रि पनि लाछन्
रङ्गिचङ्गि वाला लगाई हिचडाजस्ताे भाछन्
टाईट टाईट पाईट लगाई हिल जुत्ता लाउछन्
हातमा रुमाल माेवाईल लिई कन्सर्टतिर धाउछन्
गुन्द्रुक ढिडाे खाने मुखले मःम चाउमिन खाछन्
धेरैजसाे व्राेईलर भई किल्निकतिर धाछन्
राताराता केश फिजाई भालु नङ्ग्रा पाल्छन्
एक पैसाको कमाई छैन लाखाैकाे धाक लाउछन्
आमाबाबु रुवाई रुवाई पैसासैसा लान्छन्
विनासित्ति घरबार त्यागी ब्वाईफ्रेन्टसित भाग्छन्
आमा कसम खादै सधै साथिसंग मस्त
आमाभने सधैजसाे सन्तान प्रतिक्षामा व्यस्त
कस्ताे परिवर्तन भयाे हजुर देशमा याे आज
यस्ताे परिवर्तन अन्त्य गराै सवै जना माझ
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: